कोरोनाको संक्रमणबाट जापानमा ४ लाख मानिसको ज्यान जान सक्ने प्रक्षेपण

टोकियो । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जापानमा ४ लाख मानिसको ज्यान जान सक्ने प्रक्षेपण गरिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको हबाला दिदैं स्थानीय सञ्चारमाध्यमहरुले भनेका छन् ’फैलदों संक्रमण रोक्न थप उपाय नगर्ने हो भने जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्न सक्छ ।

कोरोना भाइरस संक्रमण अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयको एक टिमले फैलदों संक्रमणका कारण गम्भीर अवस्थाका बिरामीका लागि ८ लाख ५० हजार थान भेन्टिलेटर मेशिनको आवश्यक पर्ने जनाएको क्योदो न्यूज लेखेको छ । उक्त प्रक्षेपण होक्काइडो युनिभर्सिटीका प्राध्यापक हिरोशी निशीमुराको रिसर्चमा आधारित भएको बताईएको छ । संक्रमित रोग विशेषज्ञ प्राध्यापक निशीमुराले कोरोना भाइरस संक्रमणको रोकथाम गर्न जापान सरकारलाई समेत सल्लाह, सुझाव र सहयोग गर्दै आईरहेका छन् । यता स्वास्थ्य मन्त्रालयले भने प्रक्षेपणको तत्काल पुष्टि गर्न नसकेको बताईएको छ ।

प्रधानमन्त्री शिन्जो आबेले संक्रमण फैलनबाट कम हुने अपेक्षा सहित अति प्रभावित पिफेक्चरहरुमा आपतकाल घोषणा गरेका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया