कोरोनाबाट बच्नको लागि गेलूका दुई स्वास्थ्य संस्थालाई सेनिटाइजर

कैलाश खत्री,मन्थली । विश्वब्यापी महामारीको रूप लिईरहेको कोरोना भाइरस (कोभिड -१९ )वाट जोगिन रामेछाप काठमाडौं साहित्य समाजले गाउँका स्वास्थ्य संस्थालाई सेनिटाइजर वाटर वितरण गरि सहयोग गरेको छ ।

गत हप्ता रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ मा रहेको प्राथामिक स्वास्थ केन्द्र गेलु र वडा नम्बर १२ मा रहेको आधारभुत स्वास्थ केन्द्र सिक्राललाई गरि पाँच लिटर सेनिटाइजर वाटर दिइएको हो ।रामेछाप काठमाडौ साहित्य समाजका अध्यक्ष सागर बोहोराले प्राथामिक स्वास्थ केन्द्र गेलुका स्वास्थकर्मीलाई र वडा नम्बर १२ का अध्यक्ष कृष्णहरि अधिकारीलाई सेनिटाइजर वाटर प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा मनकामना माध्यमिक बिधालय नाटिलाका सहायक प्रधानाध्यापक जनार्दन कार्की ,समाजसेवी कैलाश बुढाथोकी, युवा समाजसेवी राजन श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । संस्थाको सहयोग प्रती स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूले धन्यवाद दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया