काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । संक्रमितहरु उदयपुर नगरपालिका(३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो । सुरुको र्यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा पोजेटिभ‘ देखियो र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । उनीहरु राप्ती नगरपालिका–८ का आमाछोरा हुन् । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया