अलपत्र परेका मजदुरलाई प्रदेश सरकारले गन्तव्यमा पुर्याउछ : मन्त्री ढुंगेल

हेटौडा । बाग्मती प्रदेश सरकारले लकडाउनको कारण सडकमा अलपत्र परेका मजदुरहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने निर्णय गरेको छ ।

लकडाउनको कारण काठमाडौैं उपत्यकाबाट हिडेका मजदुरहरुलाई सम्बन्धित स्थानीय निकायसंग समन्वयन गरेर व्यवस्थापन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधि लम्बिदै जादा काठमाडौंबाट पैदल हिडेरै मानिसहरु हिडन क्रम बढेपछि प्रदेश सरकारले यातायातको व्यवस्था सहित गन्तव्यमा पुर्याउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको कोरोना रोकथाम नियन्त्रण र उपचार समितिको बैठकले अलपत्र परेका मजदुरहरुलाई व्यवस्थापन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

राहत वितरणलाई प्रभावकारी बनाउनुको साथै राहत लिने व्यक्तिहरुको नामावली पनि सार्वजनिक गर्ने निर्णय भएको बताउदै र्यापिड टेस्टको दायरालाई बढाइने र मन्त्री ढुगेलले भन्नुभयो,विदेशबाट आएर लुकछिपी बस्ने व्यक्तिको खोजी गरेर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने कामलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेसमेत बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया