काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीका बैठक र लकडाउनमा राजधानी लगायत विभिन्न सहरबाट घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकहरुको व्यवस्थापनको बिषयमा छलफल भएको थियो ।
३ घण्टा लामो दुई अध्यक्षबीच लकडाउनलाई व्यवस्थित गरी बिचल्लीमा परेका नागरिकहरुलाई सुरक्षित गन्तब्यमा पुर्याउने र उनीहरुको खानपानको व्यवस्था गर्ने छलफलमा भएको नेकपा स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन् भने अध्यक्ष प्रचण्डले पनि खानपान र घर फर्किने वातावरण मिलाउनु पर्ने बताउँदै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया