काठमाडौं । विदेशमा जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका नेपाली नागरिकलाई उद्धार गर्न सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आग्रह गरेको छ ।
कोरोना महामारीका कारण रोजगारी गुमाएर धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राप्रपाले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको हो । अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गरी नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि माग गरेको छ । त्यस्तै आफू बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौं किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पु¥याउन पनि राप्रपाले माग गरेको छ ।
त्यस्तै विभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि राप्रपाले आग्रह गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया