काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको महामारीबाट बच्न नेपाली सेनाले चीनबाट ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।
पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ । ‘चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘कति रकम पठाउने र कुन विधिबाट पठाउने भन्ने भोलि नै टुंगो लाग्नेछ । सरकारले स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई बजेट सिलिङ दिएको थिएन । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामग्रीलाई सोही अनुरुप भुक्तानी दिने भनिएको थियो ।
चीनसँग दुईपक्षीय सम्झौता र भुक्तानीपछि चीनको गोन्जाओबाट सेनाले पीपीई, मास्क, ग्लोब्ससहित अन्य आवश्यक स्वास्थ्य सामग्री ल्याउनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया