जापानको नागोयामा एनआरएनएको उदारणिय काम

कविकिरण न्यौपाने,नागोया । हामी सञ्चारकर्मीहरुलाई नकारात्मक समाचार लेख्दा लेख्दै दिक्क लागेको अवस्थामा पछिल्ला समय जापानका पनि नेपाली र नेपालीका संघसंस्थाका वारेमा सकारात्मक खबरहरु लेख्ने अवसर प्राप्त भई रहेको छ । विश्वनै कोरोना भाइरसको महामारीमा  फसेको अवस्थामा यस्ता प्रेरणादायी सामाजिक कामले एक आपसमा जोड्ने काम समते गरेको छ। पछिल्लो समय जापानको नागोयामा कोराना भाइसरको कारण कोही भोक्कै बस्न नपर्ने भएको छ।

कोरना भाइसरका कारण तथा समस्या परेमा उनिहरुलाई तत्काल राहत प्रदान गर्नका लागी नागोयामा एनआरएनएका उप- संयोजक दिपक कार्की र एनआरएनए नागोयाका संयोजक श्याम शितलको पहलमा निशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ।

उक्त व्यवस्था नागोया स्थित जींड्गुमाय  स्टेशन नजिकै रहेको  जींड्गुमाय  भान्सा घर र तोयोकावामा रहेको पोखरा रेष्टुरेन्टमा गरिएको छ। सो को सम्पूर्ण व्यवस्था दिपक कार्की र श्याम शितलले गरेका हुन्। त्यस्तै कोराना भाइरसका कारण खान वस्न समेत कठिनाई भएपछि टोयोटा वस्ने पर्वत कुश्मा नगरपालिका -१० स्थायी घर भएका एक परिवारलाई एनआरएनए जापानका उप- संयोजक दिपक कार्कीले आर्थिक एवं खाध्यान्य सहयोग प्रदान गरेको छन्। उनिहरु नेपाल फर्कने तयारीमा रहेका र कोरोना भाइरसका कारण जापानमानै रोकिएको वताईएको छ ।  त्यसैगरि   सोमवार तोकावासी वस्दै आएका ३५ वर्षिय राजु गुरुङ सुति रहेको अवस्थामा रगतै वान्ता गरि अचेत भएपछि अस्पताल पुर्‍याइएको कार्कीको भनाई छ। एक वर्ष अगाडी जापान आएका उनि ग्याम्बा मा काम गर्दै आएको र उनि ईलिगल भएको वताईएको छ। भिषा समेत नभएका कारण स्वास्थ्य बिमा नहुँदा उनको उपचारमा समस्या आएको र आफुहरुले सहयोग गरि रहेको कार्कीको भनाई छ । नागोयामानै  विगत  दिनदेखी कोरोना भाइसरका कारण १ दर्जन नेपाली संक्रमित भएको हल्ला फैलिएपछि नेपालीहरु  आतंकित भएका छन् ।नागोया मेत्यचो साको स्टेशन नजिक रहेको कम्बिनीमा गत १७ तारिक  कार्यरत एक जापनिज स्टाफ लाई कोरोना संक्रमण देखीए पश्चात हाल उक्त कम्बिनी बन्द गरीएको छ।  कम्बिनीमा कार्यरत अन्य स्टाफ़ नेपालीहरू रहेकाले नेपालीहरुमा पनि कोरोना संक्रमणको आशंका गरिएको थियो ।

त्यहा कार्यरत नेपाली स्टाफ़हरूको बारेमा संक्रमण सर्न सक्ने सम्भावनाका बारे मा सम्बन्धित निकाय ( होकेनज्यों) मा सम्पर्क गर्दा होकेंनज्यों बाट सबै खोजीनीति गरी सकीएकोले अन्य कार्यरत स्टाफ़हरूलाई संक्रमणको सम्भावना नरहेको जानकारी आएकोले हाललाई सवै सुरक्षित रहेको एनआरएनए जापानका पूर्व प्रवक्ता एवं रेष्टुरेन्ट व्यवशायी सन्देश पोखरेलले बताए  । जापानको  नागोयामा  टोक्यो पछि धेरै नेपालीहरु वस्दैं आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया