झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या ४९ पुग्यो

विराटनगर । नेपालमा शुक्रबार कोरोना भाइरसको एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।

संक्रमितका छोरा ४ चैतमा दुबईबाट आएका थिए । विमानबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए । विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको टेष्ट गरिएको थियो । श्रीमती बाहेक सबैको पोजेटिभ आयो । त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

अरुको नेगेटिभ आयो तर, ६२ वर्षका बृद्धको रिपोर्ट पोजेटिभ आएको छ । उनी डाइबेटिजको विरामी भएको पाइएको छ । तर परिवारका कुनै सदस्यमा पनि लक्षण देखिएको थिएन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया