ब्यक्तिगत पहलमा काभ्रेको अति विपन्न समुदायका परिवारलाई राहात वितरण

क्राति लामा बनेपा । बिश्वभर कोरोनाको महामारी फैलिएसंगै नेपालमा पनि यसको प्रभाब देखा परेको छ । सरकारले गरेको १ महिनाभन्दा लामो लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई निकै अफ्ठ्यारो र मार परेको छ ।

यहि कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले राहतको सुबिधा ल्याएको छ,कोहि जनता भोकै नपरुन भनेर सरकारले राहत वितरण देशभरि गर्दै छ । जसमा अत्ति बिपन्न परिवार र ज्यालादारी काम गर्ने परिवरलाई बिशेष ख्यालमा राखेको छ । त्यसैगरि भुम्लु गाउँपालिकाले पनि यस गाउँपालिकामा रहेका अत्ति बिपन्न परिवार र दैनिकी ज्यालादारीमा काम गर्नेहरु लाई शुक्रबार वडा नं १ सापिङ्ग भट्टेटार माझि समुदायमा बाग्मती प्रदेशका साम्सद लक्ष्मण लम्सालको पहलामा ८०  माझि घर परिवारलाई राहत वितरण गरेको छ । कुल २४६० केजी चामलमा २६ बोरा लाइन क्लब अफ काठमाडौं सुकुन्दले गरेको छ भने ५६ बोरा चामल  समाज सेवी लेख नाथ श्रेष्ठले व्यक्तिगत सहयोग  गर्नु भएको छ । भुम्लु गाउँपालिका वडा नं १ सापिङ्ले २ केजी दाल ,चिनी , नुन,तेल ,चियापती राहत कार्यबिधी अनुरुप स्थानीय प्रशासनसंग समन्वय गरेर वितरण गरेको छ ।  राहत बितरण कार्यक्रममा भुम्लु गाउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ ,कानुन सल्लाकार प्राणनाथ नेउपानेको पनि सह्भागी थियो ।

भट्टेटार माझि गाउँमा सबैजसो घर परिवारको खेतिपाति एकदम कम हुने र दैनिकी ज्यालामा काम गर्न अहिलेको अवस्थामा नहुने भएको हुँदा दैनिकीमा सारै अफ्ठयारो परि भोकै रहनु पर्ने अवस्था देखा परेकोले राहत वितरण गरिएको वडा अध्यक्ष खिर बहादुर श्रेष्ठले बताउनु भयो । यसैगरी यस वडाका कोहि पनि व्यक्तिलाई दैनिकीमा अफ्ठ्यारो पर्यो वा भोकै हुने अवस्था भएमा वडा कार्यालयमा सम्पर्क राख्न हुनको लागि पनि अनुरोध गरिएको छ ।

त्यसैगरी भुम्लु गाउपालिका वडा ६ कोलातीमा पनि बाग्मती प्रदेशका साम्सद लक्ष्मण लम्सालकै पहलमा,पत्रकार क्राति लामा ,समाजसेवी युवा नेता हवलचन्द्र लामाको पहल र सहयोगमा १३५० केजी चामला र दाल ,नुन ,चिनी ,तेल कार्यबिधी अनुरुप राहत प्रदान गरिएको छ ।

प्रवासी नेपाली एकता मन्च जापानका अध्यक्षसमेत रहनु भएका लामा र जापानमा पत्रकार शान्त पहरीको पहलमा जापानमा २१ जना साथीहरुले एक लाख बढी आर्थिक सहयोग गरि राहत वितरण गरेको हो ।

कोभिड-१९ महामारीले गर्दा लकडाउनको कारण काभ्रेको अति विकट माझीगाउ सापिङ र कोलाती (भुम्लु गापा)दैनिक ज्वालादारी गरि दैनिकी चलाउने दलित तथा जनजाति बस्तीमा राहत दिनको लागि प्रदेश सांसद लक्ष्मण लम्साल र प्रवासी नेपाली एकता मंच जापानको अध्यक्ष हवलचन्द्र लामाको उपस्थितिमा राहत वितरण कार्यक्रम  सहयोगीहरु-;

  • केशब अधिकारी (घादिङ)ब्याबसायी
  • ओम गुरुङ (चितवन)jme remit
  • भुबन अघिकारी (काभ्रे)ब्याबसायी
  • भुबन हुमागाइ (काभ्रे)ब्याबसायी
  • श्रबण सत्याल (काभ्रे)ब्याबसायी
  • सालिकराम भण्डारी (गुल्मी)सचिब प्रबासी नेपाली एकता मंच जापान
  • हवलचन्द्र लामा,अघ्यक्ष प्रबासी नेपाली एकता मंच जापान (काभ्रे)
  • ज्ञानु गिरी (काभ्रे )ब्याबसायी
  • राजन श्रेष्ठ (चितवन समाज अध्यक्ष)
  • दावा शेर्पा (शेर्पा संघ अध्यक्ष)
  • हरी लामिछाने (नुवाकोट समाज अघ्यक्ष)
  • मेघराज नेपाल sidartha remit
  • शान्त पहरी (रामेछाप )पत्रकार
  • शिप्रसाद पौडेल (कास्की)समाजसेबी
  • ललिता तामाङ jme remit Tokyo
  • श्याम खड़का (काठमन्डौ )NRNA कार्यसमिति सदस्य
  • पदम गुरुङ (घादिङ)मजदुरसंगठन अघ्यक्ष जापान
  • राजेन्द्र श्रेष्ठ ( घादिङ)ब्साबसायी
  • घुर्ब अघिकारी ( गोरखा)

फेसबुकबाट तपाइको प्रतिक्रिया