दमक । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ भने नेपालमा कोरोना संक्रमणमध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया