नेकपाको विवाद मिलाउन शिर्ष नेताविच भेटघाट तिव्र,सचिवालय बैठकबाट समधान खोजिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा उत्पन्न विवाद मिलाउन प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु सहमत भएका छन् । दुबै पक्षका नेताहरुबीच सोमबार नेपाल निवास कोटेश्बरमा भएको बैठकपछि विवाद मिलाउने सहमति भएको हो ।

दुबै पक्षले विवाद अन्त्य गर्नको लागि मंगलबार सचिवालय बैठक बेलाउने सहमति समेत गरेको छ । बैठकमा सहभागी स्थायी सदस्य रघुजी पन्तले पार्टीमा पछिल्लो समय उत्पन्न विवाद मिलाउने सहमति भएको बताउनु भयो । पार्टीभित्र देखिएको विवाद अन्त्य गर्न सचिवालय बैठक बोलाउने सहमति भएको छ बैठकपछि उहाँले भन्नुभयो, ‘त्यसको लागि भोलि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । सचिवालय बैठकले स्थायी बैठक तोक्ने छ । त्यसपछि बस्ने बैठक निर्णयक हुने जनाएको छ ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको भेटवार्तापछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पनि नेकपाका केही नेताको बैठक भएको छ । खुमलटारमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको स्रोतले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया