काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् । सरकारकै संलग्नतामा सांसद डा.सुरेन्द्र यादवको अपहरण भएको उनीहरुको दाबी छ । बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ । कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सरकारविरुद्ध संयुक्त संघर्ष वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरू सम्मिलित बैठकले लोकतन्त्रवादी शक्तिहरूले एकताबद्ध भएर संघर्ष गर्ने प्रतिवद्धतासहितको तीनबुँदे विज्ञप्ति आएलगत्तै थापाले यस्तो असहमति सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा राप्रपाका तीन अध्यक्षमध्येका एक ड. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।
लोहनीको हस्ताक्षर लगत्तै अर्का अध्यक्ष थापाले राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया