सिन्धुपाल्चोकमा विदेशबाट फर्किएका १२० को मात्र स्वास्थ्य जाँच

सुशील सुवेदी,सिन्धुपाल्चोक । रोजगारी र विभिन्न प्रयोजनमा विदेश गई फर्किएका मध्ये सिन्धुपाल्चोकमा एक तिहाइको मात्र स्वास्थ्य जाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चैत महिनामा विदेशबाट जिल्लामा ३६३ जना फर्किएकामा हालसम्म १२० जनाको स्वास्थ्यजाँच गरिएको छ । यी सबैर्को यापिड डायग्नोस्टिक टेस्ट आरटीडी गरिएको हो यसैगरी जिल्लाभित्र रहेका मुस्लिम समुदायका ८८ मध्ये ५३ जनाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारीदिनु भयो । परिक्षण गरिएको सवै नतिजामा कोरोना नभएको पाइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

लकडाउन उल्लंघन गर्ने सवारीबाट २७ हजार राजस्व

सरकारले गरेको लकडाउन उल्लंघन गरेका सवारीसाधनबाट सिन्धुपाल्चोकमा १ महीना अवधिमा २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । लकडाउनको बेला विनाकागजात सवारी चलाउनेहरूलाई कारबाही गरिएको प्रहरीले बताएको छ, जसमध्ये ४३ वटा मोटरसाइकलबाट तेइस हजार पाँच सय, २ वटा बसबाट १ हजार पाँच सय, २ वटा काररजीपबाट दुई हजार राजस्व संकलन गरिनुका साथै चालकलाई ट्राफिक कारबाही गरी छोडिएको छ ।

‘लकडाउनको समयमा जबरजस्ती सवारी चलाउनेहरुलाई हामीले कारबाही गरेका हौं,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवप्रसाद काफ्लेले भन्नुभयोे, ‘त्यस्ता सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरी छाडिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया