सुशिल सुवेदी,सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
बिहानको खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिनुभयो । राम बहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताउनुभयो । उनले घरका अन्य सदस्यहरुलाई पनि मार्छु भन्दै आएका थिए ।
राम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने घटना अनुसन्धानको क्रममा रहेकाले हत्याको कारण खुल्न बाँकी रहेको बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया