जापान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने भएको छ ।
जापान सरकार विदेश मन्त्रालयले बिहीबार मेल जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व उप प्रधानमन्त्री तथा सभामुख समेत बनेका पौडेललाई दिने निर्णय गरेको जानकारीको पौडेलले जानकारी दिनुभएके हो ।
नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्दै आएको सम्मानमा यस वर्ष पौडेल पनि छनोटमा पर्नु भएको हो । पौडेलले सभामुख भएको बेलामा जापान९नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेल्ने लगाएत नेपालमा जापानको साँझेदारी कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको उनलाई सो अवार्ड प्रदान गरेको जनाएको छ ।
जापान सरकारले यस वर्षको सो अवार्ड नेता पौडेलसहित जापान बाहिर विश्वका धनी विल गेट्स र जापानका एक सय भन्दा बढी ब्यक्तिहरु उक्त अवार्डबाट सम्मानित हुन लागेको बताईएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया