मेलम्ची नगरपालिका २ को वडा कार्यलय भवनको शिलन्यास

सुशिल सुबेदी,सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका २ को वडा कार्यलय भवनको विहिबार शिलन्यास भएको छ ।नगर प्रमुख डम्बर अर्याल तथा उप प्रमुख भगवति नेपालले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।

साँढे ३ तल्लाको उक्त भवन इ–लाईब्रेरी लगायत अपांगमैत्री हुने मेलम्ची नगरपालिकाका  सूचना अधिकारी जीत बहादुर कार्कीले बताउनु भयो । हाल जाल्पादेवी माविमा वडा कार्यलय सन्चालन भैरहेको छ । १ करोड ९० लाखमा बन्ने उक्त भवन १८ महिनाभित्रमा निर्माण भईसक्ने उहाँले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सामाजिक दूरी कायम गरी निर्माण कार्य गर्न व्यवसायीलाई अनुरोध गर्नुभएको छ । यस आर्थिक वर्षमा वडा नं। १ र ५ को पनि बोलपत्र निकाली निर्माण व्यवसायी छनोट भैसकेको नगरपालिकाले जानकारी दिएको छ । अर्को बर्षमा बाँकी वडाको भवन क्रमशः निर्माण गर्ने लक्ष्य लिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया