काठमाडौं । नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया