पाँचपोखरी थाङपाल गाउँपालिकामा दिर्घ रोगीहरुलाई नि:शुल्क औषधी वितरण

सुशील सुबेदी,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले दिर्घ रोगीहरुलाई आजबाट निशूल्क औषधी वितरण सुरु गरेको छ । लामो समय लकडाउन भएका कारण गाउँपालिका बासी काठमाण्डौ लगायत अन्य ठाउँमा गई औषधी ल्याउन सम्भव नभए पछि गाउँपालिका आफैँले औषधी वितरण सुरु गरेको हो । यस अघि गाउँपालिकाले सूचना जारी गरी वडा वडाबाट दिर्घरोगीहरुले सेवन गर्ने औषधीको विवरण संकलन गरेको थियो । स्वास्थ्य शाखाका प्रमुख आत्मराम धितालका अनुसार करिब ४ सयका संख्यामा विवरण संकलन भएको र आज गुन्सा र भोनाम्लाङका केही ठाउँमा वितरण गरिएको छ ।

अन्य ठाउँमा पनि क्रमशः वितरण गरिने उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया