हेलम्बुमा एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु

सुशिल सुबेदी ,सिन्धुपाल्चोक  । हेलम्बु गाउँपालिकाले एकल महिला लाइ झैं एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता दिन सुरुवात गरेको छ । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समुहका एकल पुरुषलाई आन्तरिक श्रोतबाट माषिक ५ सय रुपैयाँ उपलब्ध गराएको हो । हेलम्बु गाउँपालिकाका ७ वटै वडाका १९५ जनालाइ भत्ता वितरण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।

एकल पुरुष भत्ताका लागि यसै आर्थिक बर्षमा पालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको थियो । “राज्यले महिला पुरुष समान भनेकाले ब्यबहारिक रुपमानै हामिले त्यसको सुरुवात गरेका हौैं ।  समानताको नारा अनुसार नै एकल पुरुषलाइ पनि भत्ता बितरण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

एकल पुरुष भत्ता लिइ रहेकाहरुले ज्ष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोेरो सुबिधा पाउने छैनन् । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भैरहेको र ३ सय ५० कोे हाराहारिमा एकल परुषको संख्या रहेको जानकारि हेलम्बु गाउँपालिकाले दिएको छ । अहिले ५०० रुपियाँ बाट सुरु गरेको यो कार्यक्रम आगामि बर्षहरुमा बढाउदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया