एसईई खारेज गर्न नेपाली कांग्रेस युवा नेता गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने  बताएका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले बताए । ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनु पर्ने सुझाव नेता थापाले दिनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया