कैलाली । भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरूले भत्ता माग गरेका छन् । भारतबाट मजदुरी गरेर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहत स्वरुप भत्ता माग गरेका हुन् । ‘३४ दिन भारतको क्वारेन्टाइनमा बस्यौं। यहाँ कति दिन बस्नुपर्ने हो थाहा छैन,’ मार्मा गाउँपालिका ५ दिलेन्द्र सिंह महताले भने, ‘हामीलाई यहाँ बसेको भत्ता चाहिन्छ । ’ खेती गर्ने समय सुरु भएको तर, आफूहरुसँग रकम नभएको भन्दै उनले राहत स्वरुप पैसा पाउनुपर्ने बताएका हुन् । ‘लेबरी गरेर ल्याएको पैसा भारतको क्वारेन्टाइनमा बस्दा सकियो,’ उनले भने, ‘छोराछोरीले के ल्याइदिनु भयो भन्छन् । हामीले भत्ता पायौं भने त्यही पैसाले उनीहरुको लागि सामान लैजानुपर्छ ।’
मुरईका झमे महताले पनि सरकारले राहत नदिए आफूहरु थप समस्यामा पर्ने बताए । ‘ठेकेदारले पुरै पैसा दिएन । दिएको पैसा पनि सकियो,’ उनले भने, ‘हामीलाई त यहाँ भत्ता चाहिन्छ । मंसिर महिनामा भारत गएका उनी पुरै काम गर्न नपाई फर्किएको बताउँछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया