सांसद हितबहादुर तामाङ्द्वारा नुवाकोटमा स्वास्थ्य सामग्री वितरण

नुवाकोट । कोरोना भाइरस रोकथामको लागि नेकपा नेता एवं संघीय सांसद हितबहादुर तामाङ्ले गृह जिल्ला नुवाकोटमा स्वास्थ्य सामग्री वितरणलाई तीव्रता दिनु भएको छ ।

तामाङ्संगै वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले शिवपुरी, पञ्चकन्या , दुप्चेश्वर र तादी गाउँ पालिकाहरुको अवलोकन भ्रमण गर्नु भएको छ । बैशाख २० गते नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य विमला सुवेदी,नेकपा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य द्वय पुष्प लामिछाने , रामप्रसाद ढुंगाना , नेता बलराम प्रसाद फुयाल , प्रवासी नेपाली मंच जापानका अध्यक्ष हवलचन्द्र लामा लगायतका टोलीले ककनी गाउँ पालिकाको र २२ गते पुन: वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ ,जिल्ला नेताहरू लालबहादुर तामाङ , श्यामबहादुर तामाङ लगायतका टोलीले शिवपुरी , तादी र दुप्चेश्वरका  प्रतिनिधिहरु,कर्मचारी,नेपाल कम्युनिस्ट पार्टीका गाउँ कमिटीका अध्यक्ष ,सचिव र अन्य कार्यकर्ताहरु ,नेपाली कांग्रेसका नेता कार्यकर्ता एवम् स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र सञ्चारकर्मीहरु ,शिक्षक बुद्धिजीवी र कर्मचारीहरुसंग जनताका स्वास्थ्य स्थिति , सुरक्षा प्रवन्ध ,खाद्यान्न संकटको सम्भावित अवस्था , रोजगारी सिर्जना र उत्पादन वृद्धिका बिषयहरु,निजी तथा सार्वजनिक क्षेत्रका निर्माणका कार्यहरु,औषधी,खाद्यान्न ,निर्माण सामाग्री लगायतका अति आबश्यकीय बस्तुहरुको आपुर्ती र ढुवानीका सवालहरु र स्थानीय ,प्रदेश र संघीय सरकारले अपनाउनु पर्ने भावी रणनीतिक योजनाहरुको बारेमा अन्तरक्रियात्मक छलफल समेत भएको छ ।

तामाङ्को अगुवाइमा संघ र प्रदेशका जनप्रतिनिधिहरुको तर्फबाट कोभिड-१९ को पहिचान ,परिक्षण, जोखिम न्युनिकरण र उपचारको काममा प्रयोगमा आउने थर्मल गन, पिपिई ,स्यानिटाइजर र सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया