सुशिल सुबेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले किसानलाइे गाउँपालिकाको अनुदानमा रासायनिक मल बितरण गर्न सरूगरेको छ ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार शुक्रबार देखी हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले आ(आफ्नो वडा कार्यालयमा सम्पर्क गरि आवश्यकता अनुसार अनुदानको रासायनिक मल लिन सक्नेछन् । अब हिउँद बर्षा दुबै खेती लगाउने समयमा नियमित रूपमा गाउँपालिकाले आवस्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउने छ । शेर्पाले भन्नुभयो । यसअघि कृषि उत्पादन बढाउन कृषकलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार यो मल उपलब्ध गराउन लागेको हो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको शाल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामाग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानले मौसम अनुसारको मल पाउने छन । स्थानीय सहकारीमार्फत युरिया मल प्रतिबोरा ८५० र डिएपी मल प्रतिबोरा २३०० मा वडा वडामा वितरण गरिने शेर्पाले बताउनुभयो ।
कृषी उत्पादनमा वृद्धि गरि किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पा को भनाइ छ । रासायनिक मलमा अनुदानको अलावा आगामी बर्ष देखी कृषकलाई मल बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पुँजीको समेत ब्यबस्थापन गरिदिने उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया