काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ ।
नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यो संशोधन गरेर पनि स्विकार गर्न नसकिने सम्झौता हो । जनमोर्चाले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जान सडक खोलेकोमा पनि भारतको विरोध गरेको छ । भारतीय नेपाली भूमि मिच्दा पनि सरकारले भारतपरस्त नीति लिएको उसको दाबी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया