नेपालमा थप एकजना कोरोना संक्रमण,संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । शनिबार  भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ ।

योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ । थपिएकी संक्रमितलाई भने अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया