सुशील सुबेदी,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाइ गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घरमै गएर किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिनुभयो ।
वडामा ८ विद्यालयमा छ सय विद्यार्थी अध्यनरत छन । विद्यालयले पुस्तकहरु किनेर गाडी लिइ गाउँ गाउँ पुगेर किताब वितरण गरेको हो । विद्यालयले अहिले आफैले पुस्तक खरिद गरेपनि पछि सरकारले अनुदान दिएपछि शोधभर्ना गरिने रिसालले जानकारी दिनुभयो । भर्ना संख्याका आधारमा पुस्तक वितरण गरिएका रिसालले जानकारी दिनुभयो । १ देखि १० सम्म स्वत भर्ना गरिएको र ६ र ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्यांक ल्याएर भर्ना गरिएको थियो ।
त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाईको लागि समन्वय गरिने पनि उहाँले जानकारी दिनु भयो । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उहाँले बताउनु भयो

फेसबुकबाट तपाइको प्रतिक्रिया