लिपुलेक सीमा विवाद भारत र चीन दुबै देशसँग छलफल गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् ।

‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो’ प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताए ।

सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित भन्दै उनले पत्रले मात्र नपुग्ने धारणा राखे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया