चौतारा । सिन्धुपाल्चोक विश्वभर फैलिएको कोरोना भाईरस कोभीड–१९ को संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनका कारण रोजगारि गुमाएका वडाबासीलाई आफ्नै ठाँउमा रोजगार बनाउने नीति बलेफी गाँउपालिका – ८ ले बनाएको छ ।
बलेफी – ८ ले एक घर एक रोजगारीको अवधारणा बनाएको जनाएको छ । सरकारले आह्वान गरेको लगडाउन पालना गर्ने क्रममा सवै वडाबासी गाँउ फर्केको बेला श्रम गरेका सवैलाई स्थानिय विकास तथा ब्यवसायमा संम्लग्न गराउने काम सुरु गरिएको वडा अध्यक्ष चरीवहादुर तामाङले जानकारि दिनुभयो । लगडाउनका कारण कतिपयको रोजिरोटी गुमेको उल्लेख गर्दै तामाङले आफ्नै ठाँउमा रोजगारि सिर्जना गर्ने बताउनुभयो । ‘गाँउका दक्ष तथा अर्धदक्ष जनशक्तिलाई स्थानिय विकासको काममा अवसर दिईनेछ,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘व्यक्तिगत तथा सामुहिक कृषि कर्ममा लागेका स्थानियलाई सहायताको कार्यक्रम तय गरिएको छ ।’ उहाँले एक घर एक रोजगारको अवधारणाले तत्काल सार्थकता पाउने गरि काम अगाडी बढेको जानकारि दिनुभयो ।
विकास निर्माणको काममा स्थानिय जनशक्तिलाई प्रेरित गर्दै सहभागी गराउने, कृषि व्यवसायलाई प्रोत्साहन तथा सहयोगको कार्यक्रम लागु गर्ने, बाँझो जमिनलाई भाडामा लिई सामुहिक खेती गर्न प्रदान गर्नेलगायतका योजना वडाले नै सुरुवात गरेको जनाएको छ ।
दक्ष र अर्धदक्ष जनशक्तिको घुम्ती टोली बनाई स्थानिय तहको काममा परिचालन गरिने योजना अगाडी बढाईएको अध्यक्ष तामाङले बताउनुभयो । उहाँले लगडाउनमा ४८ जना असङ्गठित मजदुर र वडाका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको जानएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया