प्रधानमन्त्री ओलीको आव्हानपछि बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण र लिपुलेकका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले दिउँसो ४:३० बजे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर भारतले बाटो निर्माण गरेको र पछिल्लो समय कोरोना भाइरसको संत्रमण ह्वात्तै बढेपछि परामर्सका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया