काठमाडौं । कोरोनाको त्रास बढेपछि जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि गृह मन्त्रालयले खारेज गर्ने निर्णय गरेको छ ।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया