टोकियो । विश्व कोभिड-१९ ले आक्रान्त भईरहेको बेला जापानस्थित तमु तथा गैर तमुहरुको लागि तमु धीं जापानले भैईपरि आउने अवस्थालाई मध्यनजर गरि कोभिड-१९ सहयोग समिति बनाएको छ ।
तमु धी जापानका अध्यक्ष सौगात गुरुङको संयोजकत्वमा ७ सदस्यीय सहयोग समिति गठन गरेको हो । अहिलेको अवस्थामा कहिलेसम्म र कतिसम्म निर्मुल हुन्छ भन्ने अझै केही भन्न सकिने अवस्था नरहेकोले समिति गठन गरेको धींका अध्यक्ष समेत रहेको संयोजक सौगात गुरुङले बताउनु भयो। कोरोना कहरका कारण अहिले हाम्रो नियमित तथा बार्षिक कार्यक्रमहरुमा पनि धेरै प्रभावित भईरहेकोले अनलाइनबाट वैठक गरेर सो निर्णय गरेको धींले जनाएको छ । २५औं बसन्त पार गरि २६ बर्षमा प्रवेश गरेको “तमु धीं जापान” जापानको पुरानो र कृयशिल संस्था हो । जापान सरकारले दिने बिभिन्न सेवा तथा सुबिधाहरुमा भाषागत तथा विभिन्न समस्यले सेवा लिन नसकिरहेका गुरुङ तथा गैर गुरुङहरुको सेवा र सहयोगको लागि टिम बनाएको धींले जनाएको छ । कोहि कसैलाई गारोसारो पर्न जाने खण्डमा तमु धीं जापान कार्यसमितिको सम्पूर्ण सदस्यहरुसँग फोन गरेर जुनसुकै बेला परामर्श लिनुहुन धींले अपिल गरेको छ ।
तमु धी जापान नेफिन जापान कोभिड-१९ सहयोग समिति,एनआरएनए जापान लगाएत अन्य संघसंस्था संग समेत सहकार्य गरेर जापानवासी नेपालीलाई भैपरि आउने काममा अग्रसर रहेको समेत जनाएको छ ।
तमु धीं जापान कोभिड-१९ सहयोग समिति
- संयोजक : सौगात गुरुङ,अध्यक्ष – 09098419697
- सदस्यहरु :-
- सोममाया गुरुङ- उपाध्यक्ष – 08056092433
- चित्र गुरुङ- महासचिव – 08033619816
- भिम गुरुङ- अध्यक्ष, क्युसु 09029614275
- आशिष गुरुङ- अध्यक्ष, नागोया – 08098456768
- जीवन गुरुङ – 08041192035
नविन गुरुङ – 08096620813

फेसबुकबाट तपाइको प्रतिक्रिया