न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) न्युयोर्कमा नेपाली समुदायलाई माक्स वितरण गरेको छ । कोरोना विरूद्धको अभियानलाई निरन्तरता दिने क्रममा माक्स गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताउनु भयो ।
अध्यक्ष चेम्जोङका अनुसार नेपाली समुदायमा कोरोना भाईरस सँग जोगिन आवश्यक स्वास्थ्य स्मागाग्री वितरण गर्ने क्रममा केएन ९५ माक्स २५ सय र सर्जिकल माक्स पाँच हजार वितरण गरिएको हो । माक्स व्यक्तिगत र संस्थागत गरि वितरण गरिएको थियो । तीन सय ३० परिवार र २३ सामाजिक संस्थालाई माक्स वितरण गरिएको चेम्जोङको भनाइ छ । न्यूयोर्कको नेपाली समुदायलाई यति ठूलो मात्रामा एकै पटक स्वास्थ सामाग्री वितरण गरिएको यो पहिलो पटक भएको चेम्जोङको दावी छ । फिप्नाको आयोजनामा कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह मार्फत वितरण गरिएको यो तेस्रो पटक भएको जनाइएको छ । ति सामाग्री टेक्सास निवासी व्यावसायी पासाङ्ग लामाले उपलब्ध गराएका हुन् । त्यसको सहजीकरण पवन योन्जनले गरेको फिप्नाले जनाएको छ ।
हालसम्म फिप्नाले प्रत्यक्षरूपमा ६ सय भन्दा बढी परिवारलाई सेवा पुर्याएको दावी गरेको छ । यस्तै ३० भन्दा बढी संस्थाहरूलाई प्रत्यक्ष सामाग्रीहरू हस्तान्तरण गरेर एक हजार परिवारको हाराहारीमा सेवा उपलब्ध गराएको पनि फिप्नाको दावी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया