धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु,पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं । सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा.सुमनराज ताम्राकारले जानकारी दिए । ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।  उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ । रोग केही कम भएपछि घर फर्केकी उनलाई पुन ज्वरो र रुघाखोकी लागेपछि धुलिखेल अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै राती नै उनको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा उनको आरडिटी र पिसिआर परिक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो ।

अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । विद्युतीय शवदाहबाट उनको अन्तिम संस्कार गरिने तयारी गरिएको प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया