काठमाडौं । कोरोना भाइरसका २ थप नयाँ संक्रमित थपिएका छन् । यो संख्यासँग नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना नयाँ संक्रमित थपिएको जानकारी गराए ।
उनका अनुसार, महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष छन् । हालसम्म २ सय २४ पुरुष र ५४ जना महिलामा कोरोना संक्रमण देखिएको छ । ३६ जना उपचारपछि निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया