नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो,संक्रमित संख्या २९५ पुग्यो

काठमाडौं । प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । यो संगै स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्तिको अनुसार २९५ पुगेको छ ।

विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ ।  यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् । नेपालमा ३६ निको भएको छ भने २ जनाको मृत्यु भएको छ ।

विश्वभर कूल मृत्यु ३ लाख १३ हजार ८०८ मृत्यु,संक्रमित ४७ लाख ५० हजार ७९४ जना पुगेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया