नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ३७५ पुग्यो

काठमाडौं । कोरोना परीक्षण रिपोर्ट अनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ३ सय ७५ जना संक्रमित भएका छन् ।

सोमबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगन्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षण १८ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा धनुषाका २, खोटाङका १, बाँकेका १२, दैलेखका १, सुनसरीका १, र झापाका १ जना रहेका छन् ।

सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया