नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा मं‌गलबार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनकुटामा ५ जना रहेका छन् । केही दिनअघि संक्रमण पुष्टि भएकी जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुमा परीक्षण गर्दा ५ जनामा पुष्टि भएको हो । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकरएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया