लिम्पियाधुरा,लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् ।

प्रतिनिधिसभामा बोल्ने उनले भने, २०१८ सालसम्म त्यहाँ जनगणना गरिएको थियो । तिरो उठाइएको थियो । सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि पश्चिमको भूभागमा जान रोकिएको हो । त्यो बेलाका शासकहरुले सहेर बसेका थिए । अब त्यो ओझेल पर्न र सेलाउन दिइँदैन । हाम्रो भूभाग हामी फिर्ता लिएरै छाड्छौँ । भूमि फिर्ताका लागि कुटनीतिक पहल गरिने प्रधानमन्त्रीले बताए ।

उनले त्यसका लागि अबको एकदुई दिनमा नक्सा सार्वजनिक गरिने बताए । नक्सालाई संविधानमै उल्लेख गर्नका लागि यहीँ अधिवेशनबाट संविधान संशोधन गरिने पनि प्रधानमन्त्री ओलीले प्रष्ट गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया