नेपालमा आज २५ जना कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आज बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका(५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ ।

१० जना महाराजगञ्ज गाउँपालिकाका छन् ।  नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका(५ को बेलवानी क्वारेन्टाइनमा छन् । यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया