सुशील सुवेदी सिन्धुपाल्चोक । श्री देवी हार्डवेयर प्रा.लिले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु १ लाख १० हजार रकम जम्मा गराएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा बुधबार सो रकम सहयोग गरेको श्री देवी हार्डवेयर मेलम्चीका सञ्चालक तथा युवा व्यवसायी जनकलाल श्रेष्ठले जानकारी दिनुभएको छ । २५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलहरुले रकम जम्मा गराएका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्तिको यस घडिमा सहयोग गर्नु सबैको उत्तरदायित्व रहेको उहाँले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया