सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाको कोरोना विपत रोकथाम कोषमा सिन्धु उत्थान केन्द्रले रु पचास हजार पाँच सय पचास रकम जम्मा गरेको छ । आज संस्थाका सचिव वासुदेव अधिकारीले गाँउपालिका अध्यक्ष वंशलाल तामाङलाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।
युएन्डिपिको सामुदायिक बिपद न्यूनिकरन तथा ब्यबस्थापन कार्यक्रम सुक का कर्मचारीहरुको तिन दिन वरावरको तलव स्वेच्छिक रुपमा उठाएर उक्त कोषमा रकम जम्मा गरिएको अधिकारीले जानकारी दिनुभयो ।चेक बुझ्दै गाँउपालिकाको अध्यक्ष तामाङले सहयोगी प्रति आभार प्रकट गर्नुभएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।कोरोना भाइरस कोभिड १९ लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ । यो रकम कोरोना रोकथामकै लागि खर्चिनेछ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रँवती गाउँपालिकाका अध्यक्ष वंशलालले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिनुभयो ।
यसअघि गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने निर्णय गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया