काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् । निको भएको संख्या ४५ घर फर्के भने ३ जना कोरोनाले मृत्यु भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया