काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६ जना, कपिलबस्तुका ३ जना, काठमाडौंका १ जना, नुवाकोटका १,मोरङ खास झापा १ जना पुरुष र गुल्मीका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया