हेलम्बुमा विकास योजना र बजेट भुक्तानिको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो विकास बजेट र योजनाको काम करिब करिब अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले विभिन्न योजनाको ६० प्रतिशत भुक्तानि र ९० प्रतिशत योजनाको काम सम्पन्न भइसकेको जनाएको छ ।

कोरोना भाइरस कोभिड १९को सक्रमणलाक्ष् दोष दिदै कतिपय पालिकाहरको विकास निमार्णको काम अधुरै र अलपत्र परेका बेला हेलम्बु गाउँपालिकाको भने योजनाको काम अन्तिम चरणमा पुगेको हेलम्बु गाउापालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभयो । विकास योजनाका कामहर धमाधम सम्पन्न हुने चरणमा रहेकाले कर्मचारी र जनप्रतिनिधिलाई भने अहिले आनन्द भएको छ । योजनाको काम पनि ९० प्रतिशत सकियो बजेट पनि ६० सकियो, असार मशान्त सम्म सबै योजनाका कामहरु सम्पन्न गर्ने लक्ष्य अनुरुप काम भइरहेको गाउँपालिकाका लेखा अधिकृत आर्जन श्रेष्ठले जानकारी दिनुभयो । गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । ‘तत्काल योजना कार्यान्वयमा लग्ने नीतिअनुरूप सम्झौता गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भन्नुभयो । यसका लागि हेलम्बु सरकारले आर्थिक ऐन बनाएर योजना सम्झौता गर्ने समयसीमा तोकेको थियो ।

त्यसपछि सम्झौतामै भदौ–असोजमा योजना कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरेको थियो । उपभोक्ता समितिसँग पनि असोजभित्रै कार्यान्वयन तहमा जानुपर्ने सम्झौता गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । ‘योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकेका थियौ । त्यहीअनुसार सबैले काम धमाधम गरेका छन् उहाँले भन्नुभयो । हेलम्बुमा ठेक्का सम्झौता भएका योजनाहरु हेलम्बु गाउँपालिकाको मेडेल विद्यालयको काम असार मशान्त सम्म सकिने र वडा नम्बर ६ को र ५ को वडा कार्यलय निमार्णको काम पनि अन्तिम चरणमा पुगेको हेलम्बु गाउँपालिकाको प्राबिधिक शेर बहादुर राईले जानकारी दिनुभयो । हेलम्बुले चालू आर्थिक वर्षका ४० करोड बराबरको बजेट ल्याएको थियो । अध्यक्ष शेर्पाका अनुसार हेलम्बुमा निमार्णाधिन ग्रेडट्रेलको कामपनि धमाधम अगाडि बढिरहेको छ । लकडाउनले गर्दा समस्या त भएका छन् तर समस्याका बाबजुद पनि ग्रेडट्रेलको काम सुचारु भइरहेको शेर्पाले बताउनुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाले नागरिकहरुलाइ दिने सेवा सुविधाहरु सहज रुपमा उपलब्ध गराइरहेको छ ।

सेवा लिनका लागि गाउँपालिका आउने जो कोहिलाइ पनि दुरी कायम गरेर सेवा दिइरहेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत भिमराज कोइरालाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया