स्वास्थ्यमन्त्री ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि मन्त्री ढकाल मन्त्रालय होम क्वारेन्टाइनमा बसेका हुन । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो । ती महिलालाई अहिले शिक्षण अस्पतालमा सारिएको छ । ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन् ।

मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि उनी शनिबारसमेत मन्त्रालय आउने गरेका थिए । मन्त्री ढकालको स्वाब मंगलबार विहान लिइएको छ । जसको रिपोर्ट आजै साँझसम्म आउने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया