नेपालबाट पहिलो पटक फुकुओकामा नेपाल एयरलाइन्सको चार्टर्ड विमान

काठमाडौं  । नेपाल एयरलाइन्सको ए ३३० जहाजले जापानको चार्टर्ड गर्ने भएको छ । आज मंगलबार राति ११ बजे जापानी नागरिक र नेपाली  लिएर जापानको फुकुओकामा उडान भर्ने भएको हो ।

लकडाउन कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली नागरिक निगमको बाइडबडी जहाज चार्टर्ड गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिइन् । त्रिभुवन विमानस्थलबाट जापानको फुकुओकामा बुधबार ८ बजे अवतरण गरेर विमान फर्कने उनले बताइन् ।

एनआरएनए क्युस्युको समेत सहकार्यमा फुकुओका र आसपासका नेपालीहरूको जटिलतालाई ध्यानमा राखी मार्गिक टुर्स एन्ड ट्राभल र रिसेन्ट एन्ड रिदम ट्राभलको पहलमा पहिलो पटक मे २६ मा  फुकुओकाको लागि चार्टर उड़ानको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ  । मार्गिक टुर्स एन्ड ट्राभल सिईओ पर्शु बस्नेतका अनुसार आजको उडानमा स्टुडेण्टलाई मध्ये नजर गर्दै विजनेस सिटलाई नि इकोनोमि क्लास सरह ११ सय डलर मैं उडाउन लागेको जानकारी दिनुभयो । आज फुकुओकामा २ जना जापानी नागगरि,२६४ जना नेपाली र ४ जना बच्चा सहित २७० जना उडान लागेको हो । नेपाल एयरलायन्सले लकडाउन यता जापन सहित अन्य देश गरि १६ वटा उडान भरिसकेको छ ।  जापानमा यसअघि  जहाज जेठ ११  र जेठ ९ गते नारिता, जेठ २ गते र चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया