टोकियो । कोरोना भाइरसको महामारी बढ़ेको मूलुकब भारतसहित ११ देशबाट जापान आउने यात्रुलाई प्रतिबन्ध गरेको छ ।
जापान सरकारले कोरोना भाइरसको संक्रमण बढ्न नदिन नेपालको छिमेकी मूलुक भारत र अन्य १० मुलुकबाट आउने यात्रुहुरुलाई प्रवेश प्रतिबन्ध गरेको हो । प्रधानमन्त्री सिञ्जो आबेले सोमबार यस्तो घोषणा गरेका हुन् । यो नियम बुधवारदेखि लागू भएको छ । प्रतिबन्ध परेका देशहरुमा अफगानिस्तान, अर्जेन्टिना, भारत, अल साल्भाडोर, घाना, गुयना, किर्गिज, ताजिकिस्तान, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रीका रहेका छन ।
जापानमा भारत सहित ११ देशको नागरिकलाई प्रवेशमा रोक लगाएको निर्णयसंगै हालसम्म करिब ९० देशका नागरिकलाई प्रवेश निषेध गरेको छ । जापान सरकारले नेपाल भने रोक लगाएको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया