टोकियोमा आज बुधवार ११ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । राजधानी टोकियोमा आज बुधवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज ११  जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो टोकियोमा मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि  थियो । हिजोभन्दा आज २ जना बढेको छ । जापान सरकारले सोमबार जापानभर आपतकाल फुकुवा गरे पनि कोरोना संक्रमण कछुवाको गतिमा बढेको छ । आजको ११ सहित टोकियोमा ५१८१ जना संक्रमित पुगेको छ भने आज ४ जनासहित २९६ जनाले ज्यान गुमाईसकेका छन  ।

फेसबुकबाट तपाइको प्रतिक्रिया