काठमाडौं । नेपालको विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या १ सय १४ जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको हो ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित १ सय १४ जनासहित कूल संक्रमितको संख्या ८ सय ८६ पुगेको जानकारी दिए ।
सिरहामा २ जना, बारामा ७ जना, रौतहटमा ३६ जना, सप्तरीमा ११ जना, झापामा १७ जना, मकवानपुरमा १ जना र बागलुङमा ६ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै रुकुमपूर्वका ३, दाङका १५ जना र बाँकेमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रवक्ता देवकोटाले जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया